माघ १३, याङ्वरकफोकस / प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दल नेपाली काँग्रेसले पुनः सडक आन्दोलनमा उत्रने घोषणा गरेको छ । यसअघि नेपाली काँग्रेसले संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म चरणबद्ध प्रर्दशन गरि पुनः तीन चरणको विरोधसभा आयोजना गर्ने भएको हो ।
आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले ७७ वटै जिल्लामा आन्दोलन प्रर्दशन र विरोधसभा गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम गर्ने र माघ ३० गते सबै जिल्ला कार्यसमितिले आआफ्नो जिल्लामा विरोधसभा गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि खेद प्रकट गर्दै सोमबार नागरिक समाजले गरेको आन्दोलनमा बल प्रयोग गरेको प्रति पनि आपत्ति जनाएको छ प्रवक्ता शर्माले बताए । शर्माले भने, ‘प्रधानमन्त्रीले नसुहाउँदो अभिव्यक्ति दिनुभएको छ। आलोचना स्वभाविक हो, तित्त अभिव्यक्तिप्रति बैठकले ठहर गरेको छ। संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको कांग्रेस विरोध गर्दछ।’
प्रधानमन्त्री ओलिले आलोचना गर्नु स्वभाविक भए पनि अभिव्यक्ति तिक्त भएको ठहर कांग्रेसले गरेको छ ।
गत पुष पाँच गते संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आइरहेको छ ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल ‘खेमा’ले पनि संसद विघटन विरुद्ध चरणबद्ध रुपमा सडक आन्दोलन सञ्चालन गर्दै आएको छ ।
Discussion about this post