माघ १४ बुधबार २०७७
साउदी अरेबियाको नेपाली दूतावासले दमाम स्थित राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ ।
दूतावास रहेको सहर रियाद भन्दा टाढा रहने सेवाग्राहीहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण गर्ने उद्देश्यले राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्न लागिएको दूतावास स्रोतले जनाएको छ ।
आगामी ५ फेब्रुअरी २०२१मा दमाम स्थित राहदानी आवेदनको लागि फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागिएको दूतावासको जारी बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
दूतावासले जारी गरेको सूचनामा दमाम, जुवेल, अलहासा, रास्तानुरा, खोबर, कतिफ एवम् सो क्षेत्रको वरपरका स्थानमा रहेका नेपालीहरूले राहदानीका लागि यथाशीघ्र अनलाइन आवेदन दिन समेत अनुरोध गरिएको छ ।
जारी बिज्ञापति अनुसार राहदानीको म्याद ६ महिनाभन्दा कम रहेकाले मात्र आवेदन दिन पाउनेछन् भने ५ फेब्रुअरी २०२१ पछि केही समयका लागि अस्थायी कार्यालय सञ्चालन गरी राहदानी आवेदन संकलन गर्ने कार्य स्थगित गरिने भएकाले सोही मितिमा अनलाइन आवेदन गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
नेपाली दूतावासले जारी गरेको सूचना
Discussion about this post