माघ १४ बुधबार
झापा । किरात योङहाङ लिम्बू कुल वंश प्रतिष्ठानको आयोजनामा ३२ औं माङहुक्वा(गालिश्राप) सम्पन्न हुने भएको छ ।
आगामी माघ २० र २१ गते झापा कन्काई माईधाम(योङहाङ चुम्भोदेन हाङयुक्ना) स्थित २ दिने कार्यक्रमका बिच लिम्बू योङहाङहरूको माङहुक्वा गालिश्राप बगाउने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमको पहिलो दिन माघ २० गते माङहुक्वा गालिश्राप बगाउने र दोस्रो दिन योङहाङ कुलवंश प्रतिष्ठानको साधारण सभा सम्पन्न गरिने कार्यक्रमका सह-संयोजक अशोक योङहाङले जानकारी दिएका छन् ।
“योङहाङ एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ विश्वभर छरिएर रहेका याक्थुङ योङहाङहरूलाई बन्धुत्व र भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने हितअनुरुप यस कार्यक्रमको आयोजना गरिएको बताइएको छ । यस कार्यक्रम बर्सेनि हुँदै आइरहेको छ ।
उक्त कार्यक्रमलाई सफल पार्नको लागि आयोजकले विभिन्न राष्ट्रहरूमा रहेका योङहाङ दाजुभाइहरूलाई विभिन्न रुपमा सहयोगको अपेक्षा गरेका छन् । सह – संयोजक योङहाङका अनुसार कार्यक्रमको दिन सम्पुर्ण योङहाङ बन्धुहरूमा उपस्थितिको लागि पनि विशेष अनुरोध गरिएको छ ।
Discussion about this post