माघ १५, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केपि शर्मा ओलि समुह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समुहलाई छलफलका लागि भोलि (शुक्रबार) निर्वाचन आयोगको कार्यालयमा बोलाईएको छ । नेकपाका दुवै समूहका मुख्य प्रतिनिधिलाई छलफलका लागि भन्दै आयोगले शुक्रबार बिहान उपस्थित हुन पत्र पठाएको हो ।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका मामिलामा छलफल गर्न बोलाएको भनी नेकपाका प्रचण्ड-नेपाल समुहका नेता लिलामणी पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै ओली समुहका नेता सुवास नेम्वाङले पनि निर्वाचन आयोगबाट छलफलका लागि बोलाइएको बताए ।
आयोगले शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सँगै नेकपामा ओली र प्रचण्ड-माधव समुह फरक फरक ढंगले चल्दै आएका छन् । राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले भने मान्यता दिएको छैन ।
Discussion about this post