माघ १६, याङ्वरकफोकस / पान्थरको फेदेन नगरपालिका-५ चोक्मागुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपालको टोल समिति गठन गरिएको छ । मञ्चले बिहिवार राजनैतिक भेटघाट पुर्नगठन तथा प्रशिक्षण कार्यक्रम गरि टोल समिति गठन गरेको हो ।
प्रान्तिय महासचिव संगम खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम बाट १३ सदस्यीय समिति गठन गरिएको प्रान्तीय जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङले बताए ।
उक्त कार्यक्रमबाट अध्यक्षमा रमेश सुवेदी, उपाध्यक्षमा दाङ्ग नारायण तुम्बापो, सचिवमा खदानन्द सुवेदी र कोषाध्यक्षमा इन्दिरा सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरु मा युवराज अर्याल, पुर्ण तुम्बापो, नवीन तुम्बापो, बुद्धिमान तुम्बापो र मनोज लिम्बु चयन भएका हुन् । सल्लाहकारमा देउकुमार तुम्बापो, देविप्रसाद भण्डारी र मोतीराम तुम्बापो साथै वडा इन्चार्जमा ईन्द्रबहादुर तुम्बापो रहेका छन् ।
कार्यक्रममा प्रान्तिय महासचिव संगम खनाल, केद्रिय सदस्य देउकुमार नेम्बाङ, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला युवा सचिव रामचन्द्र नेम्बाङ लगायत स्थानीयहरु को उपस्थिति रहेको थियो ।
Discussion about this post