जसपा प्रदेश १ का युवाहरुबीच चरम विवाद, दुवै पक्षले निकाले विज्ञप्ती, माघ १९ को कार्यक्रम अन्योल
माघ १७ सनिबार
जनता समाजवादी युवा संघ नेपालको नाममा झापाको दमकमा यही माघ १९ गते हुने कार्यक्रमलाई समाजवादी युवा संघले नमान्ने भएको छ ।
दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले अस्वीकार गर्ने भएको हो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी युवा प्रदेश १ ले सो कार्यक्रमबारे खेद प्रकट गर्दै अस्वीकार गर्ने बताएको हो । विज्ञप्तीमा समाजवादी युवाले सो कार्यक्रमको जस-अपजस नलिने र स्वीकार नगर्ने भनी उल्लेख गरेको छ ।
संघका प्रदेश नं १ इन्चार्ज समिर नाछिरिङ, अध्यक्ष श्री सुब्बा र मुख्य सचिव पवन बिष्टत्रयले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तीमा आपसी सहमति बिना एकतर्फी रूपमा युवा संघ प्रदेश नम्बर १ ले कार्यक्रम सन्चालन गरेको आरोप लगाइएको छ ।
जनता समाजवादी युवा संघको आयोजनामा हुने भनिएको पार्टी प्रवेश र भेटघाट नामक सो कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख अतिथि रहने भनी प्रचार गरिएको छ ।
नेता महतोसहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्टृय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।
यता पूर्व राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय युवा संघका प्रदेश नं १ का अध्यक्ष राेशन लिम्बुले पनि शुक्रबार नै एक प्रेस विज्ञप्ती जारी गरी श्री सुब्बा लगायतले पूर्व सहमति ताेडेकाे भन्दै आफूहरूमाथि लगाएकाे आराेप फिर्ता लिन माग गरेका छन् ।
माघ १९ गतेकाे पार्टी प्रवेश कार्यक्रम भने अब अन्याेलमा परेकाे छ । “स्रोत – सार्वजनिक डटकम”
Discussion about this post