माघ १९, याङ्वरकफोकस / म्यानमारमा सेनाले सत्ता हातमा लिँदै देशमा एक वर्षको लागि संकटकाल घोषणा गरेको छ । सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूचीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो ।
सेनाको स्वामित्वमा रहेको टेलिभिजनबाट स्थानीय समय अनुसार सोमबार बिहान एक सन्देश जारी गर्दै सेना प्रमुख जनरल मि आउङ ह्ल्याङलाई शक्ति हस्तान्तरण गरिएको जानकारी दिएका हुन् ।
गत नोभेम्बरमा भएको निर्वाचनमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले सरकार बनाउन आवश्यक सिट जितेको थियो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सेनाले भने स्वीकार गरेको थिएन । सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।
सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । शनिबार म्यानमारको सेनाले संविधान अनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ को आशंका बढेको थियो ।
म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो ।
Discussion about this post