Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

दुबई पुर्‍याएर नेपाल फर्काइयो साउदी हिडेका यात्रुलाई

सुमन सहयात्री सुमन सहयात्री
७ फाल्गुन २०७७, शुक्रबार १३:३७
मुख्य खबर, विदेश
दुबई पुर्‍याएर नेपाल फर्काइयो साउदी हिडेका यात्रुलाई

फाल्गुन ७ शुक्रबार

काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टिकट थियो ।

बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शिलशिलामा साउदीको रियाद बसेका उनी गत वर्ष मात्र नेपाल आएका थिए । तीन महिनाको छुट्टि लिएर नेपाल आएका बोट घर फर्किदा नफर्किदै कोभिड–१९ को विश्व महामारी फैलियो । जसका कारण लगभग एक वर्ष जति उनी यतै रोकिन पुगे ।

क्यान्सिल भएको भिसा,टिकट जसोतसो मिलाएर एक वर्षपछि बोट पुनः रियाद फर्किदै थिए । तर,जब उनी उडेको फ्लाइ दुबईको विमानस्थलमा उत्रियो तब उनी अवाक भए ।

बुधबार राति ११ः३५ बजे साउदीका लागि भनेर काठमाडौंबाट उडेको फ्लाइट त्यसको लगभग साढे तीन घण्टापछि दुबई विमान उत्रिएको थियो । जब जहाज विमानस्थलमा ल्याण्ड भयो तब एयर होस्टले यात्रा समाप्त भएको घोषणा गरिन् । साउदीका लागि सोही प्लेनको टिकट काटेका बोट चकित भए । त्यसो त उनी मात्र होइन उनीसँगै गएका अर्का नेपाली यात्रु समेत चकित भए ।

गलत टिकट काट्दा समस्या

बोटले र उनीसँगै गएका अर्का साथीले गोरहा भिजन ट्राभल प्रा.लिमार्फत फ्लाईट दुबईको ट्रान्जिट फ्लाइटको टिकट काटेका थिए । टिकट अनुसार प्लेन फ्लाइ दुबईको बोइङ ७३७–८०० जहाज दुबई विमानस्थल ट्रान्जिट भएर साउदीको रियाद जाने थियो ।

बुधबार राती ११ः३५ बजे काठमाडौंबाट उडेको जहाज बिहिबार विहान ३ः१५ बजे दुबई विमानस्थलमा ल्याण्ड गर्ने र त्यसको २ घण्टा ४५ मिनेटपछि अर्थात् ६ः१० बजे पुनः रियाद उड्ने सेडुल थियो । तर प्लेन रियाद उड्ने भने कुनै सेडुल थिएन । कारण थियो,साउदीले लगाएको दुबईबाट हुने कुनैपनि उडानमा प्रतिबन्ध ।

कोभिड–१९ को थप संक्रमणको जोखिम बढेसँगै साउदी सरकारले गत फेब्रुअरी ३ देखि दुबई टु साउदी हुने कुनैपनि फ्लाइट अनिश्चितकालका लागि रोक लगाएको थियो । जुन हालसम्म पनि कायमै छ ।

तर यस्तो अवस्था रहँदारहदै पनि उक्त यात्रुहरुलाई गोरहा भिजनले दुबई ट्रान्जिटको साउदीको फ्लाइ दुबईको टिकट काटिदिएको थियो । जसले गर्दा यात्रुहरु बीचैमा अलपत्र पर्न पुगे ।

‘नत खानेकुरा नत बस्ने ठाउँ,नत साथमा धेरै पैसा नै थियो । हामी त बिचल्लीमा प¥यौं । हारगुहार गरेपछि त्यसको भोलिपल्ट मात्र सोही प्लेनले हामीलाई नेपाल फकाएदियो । साउदी जान नपाएपनि धन्न नेपाल भनेपनि आउन पाएका छौँ । तर पनि हामी माथि अन्याय भएको छ । यसको हामीलाई उचित न्याय चाहिन्छ,’ पीडित यात्रु बोटले भने ।

दोष कस्को ?

‘यो त सरासर ट्राभल एजेन्सी र बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सकै कमजोरी हो । अहिले कुनैपनि एयरलाइन्सको दुबई ट्रान्जिटमा साउदी फ्लाइट छैन । यस्तो अवस्थामा पनि एजेन्टले किन ट्रान्जिट फ्लाइटको टिकट काटिदियो ?हामीले त बकैता सूचना वेसाइटमा राखेका छौँ । हेर्नुप¥यो नि ! त्यसै टिकट काटेर मात्र हुन्छ ?टिकट काट्नेको चाहिँ कुनै जिम्मेवारी हुँदैन ?’

फ्लाइ दुबईका व्यवस्थापक सेन शर्माले प्रतिप्रश्न गरे, ‘र फेरि बोर्डिङ्ग पास हेर्ने नेपाल एयरलाइन्सले के हेरेर यात्रु पठायो ?गल्तीको भागिदार चाहीँ हामी नै हुनुपर्ने ?’

यता,त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ्गको जिम्मेवारी पाएको नेपाल एयरलाइन्सले भने सो घटना प्रति अनविज्ञता देखाएको छ । उक्त घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताउँदै नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले भनिन्, ‘सो घटनाबारे हालसम्म निगममा कुनै गुनासो परेको छैन । त्यस्तो हो भने पनि फ्लाइट आफै जिम्मेवार हुन्छ । यसमा हामीले त सहजिकरण गर्नेमात्र हो ।’

प्रवक्ता श्रेष्ठका अनुसार सम्बन्धित फ्लाइटको प्रतिनिधिको रोहोबरमा मात्र निगमले बर्डिङ्ग पास ईश्यु गर्ने हो । बाँकी सबै स्वयम् कम्पनी जिम्मेवार हुने हो ।

यता,टिकट काट्ने एजेन्ट गोरहा भिजन ट्राभलले आफ्नो प्रतिरक्षा गर्दै फ्लाइट प्रतिबन्धको कुनै सूचना आफुहरुले नपाएको र फ्लाइ दुबईले समेत सूचित नगरेको आरोप लगाएको छ ।

सो घटना बारे बोल्दै ट्राभल एजेन्सीका प्रमुख व्यवस्थापक केदार दवाडीले भने, ‘यो घटना प्रति हामी पनि दुःखी छौँ । यो प्राविधिक कारणले घटेको घटना हो ।’ उनले भने, ‘दुबईबाट साउदी हुने ट्रान्जिट फ्लाइट रोकिएको सूचना हामीलाई जानकारीमा थिएन । जुन कुरा फ्लाइ दुबईले पनि हामीलाई जानकारी दिएन । हामीले पीडित पक्षलाई टिकट बापतको रकम फिर्ता गर्न कम्पनीसँग अनुरोध गरेका छौँ,’ दवाडीले भने ।

दुबईबाटै फर्काइएका पीडित यात्रुहरुले अहिलेसम्म टिकट बापतको रकम फिर्ता पाएका छैनन् । उनीहरु न त गन्तव्यमा पुग्न सके नत खर्च गरेको पैसा फिर्ता नै पाए। अहिले समस्या लिएर ट्राभल एजेन्सी जाँदा विमान कम्पनीलाई,विमान कम्पनीमा जाँदा एजेन्सीलाई र बोर्डिङ पास हेर्ने नेपाल एयरलाइन्सलाई देखाएर उम्कने कोशिस गरिरहेको पीडित यात्रुहरुको गुनासो छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

७ फाल्गुन २०७७, शुक्रबार १३:३७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

७ फाल्गुन २०७७, शुक्रबार १३:३७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

७ फाल्गुन २०७७, शुक्रबार १३:३७
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

७ फाल्गुन २०७७, शुक्रबार १३:३७
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

७ फाल्गुन २०७७, शुक्रबार १३:३७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

७ फाल्गुन २०७७, शुक्रबार १३:३७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.