फागुन-८, डेस्क । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ दोस्रो चरणको खेलमा नेपाले अष्ट्रेलियासंग चैत्र १७ गते खेल्ने तय भएको छ ।
विश्वव्यापी कोभिड–१९ महामारीका कारण विभिन्न देशहरुले अपनाएको स्वास्थ्य सुरक्षा नीतिका कारण तत्काल सबै देशहरुमा खेलकुद गतिविधीहरु हुन सक्ने अवस्था नदेखिएपछि फिफा र एएफसीले संयुक्त रुपमा अधिकांश छनौट खेलहरु स्थगित गरेको थियो ।
फिफा र एएफसीले यो संवेदनशील समयमा खेलाडी, अफिसियल, क्लब र अन्य प्रतिनिधीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर नै सो निर्णय लिनु परेको बताएको छ । यद्यपि एएफसीले छनौट खेलतर्फ सातौं र आठौं म्याच डे का खेलहरु भने निर्धारित समयअनुसार नै हुने स्पष्ट पारेको छ ।
सो खेलहरु यहि माच २५ र ३० तारीखका दिन हुनेछ । जसको अर्थ छनौट खेलतर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया विरुद्ध खेल्ने तय भएको छ । जुन खेल ३० मार्चका दिन दशरथ रंगशाला मै हुने पनि एएफसीले जनाएको छ । यद्यपि नेपालले खेल्ने भनिएको चाइनिज ताइपेई र जोर्डन विरुद्धको खेल भने स्थगित भएको छ ।
Discussion about this post