फाल्गुन ८ सनिबार
झापा । बिर्तामोड स्थित चुम्लुङहिममा `नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ´को लिम्बुवान राज्य तदर्थ समिति गठन भएको छ । केन्द्रिय संयोजक तथा साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो। मधुराज केरुङको संयोजकत्वमा, सह-संयोजकहरूमा शिरेन बान्तावा, पार्वता पोमु र दावा शेर्पा, सचिव छत्र दर्लामि, सह-सचिव सुनिता तामाङ, कोषाध्यक्ष सुजन सेलिङ, सदस्यहरूमा डा. छत्र माबो, अजित धिमाल, इक्साहाङ चेम्जोङ, अर्चना गुरुङ, इन्द्रसिंह राजबंशी, मन्जुल सुनुवार, निमा पोङ्सुवा भोटिया, जितेन साम्पाङ लगायत चयन भएका छन् । त्यस्तैगरी केन्द्रिय प्रतिनिधि सदस्यहरुमा बिराट किराति र जितेन पन्दाक र
सल्लाहकारहरुमा मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाक रहेका छन् ।
उक्त कार्यक्रममा महासंघका केन्द्रिय सह संयोजक टंक सेलिङ्को पनि उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचित समितिलाई साहित्यकार कृष्ण बरालले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमलाई साहित्यकार जितेन पन्दाकले सन्चालन गरेका थिए ।
Discussion about this post