फाल्गुन ८ सनिबार
नेपालमा आज सनिबार थप ८८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २०४८ जनाको गरिएको पीसीआर परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ७ सय ५५ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा कसैको पनि निधन भएन । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०६१ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जना संक्रमित भएका छन् ।
Discussion about this post