फाल्गुन ८ सनिबार
विद्यालयबाट फर्किँदै गरेकी एक बालिकामाथि जबर्जस्ती करणी भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन्।
ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा जबर्जस्ती भएको महानगरीय प्रहरी बृत्तले जनाएको छ ।
बुधबार बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । प्रहरीले बलात्कार आरोपमा पर्साको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर लाई पक्राउ गरेको छ ।
Discussion about this post