फाल्गुन ९ आइतबार
काठमाडौँ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए । थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् । त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना रहेको उनले जानकारी दिए ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४५१ पुगेका छन् । त्यस्तै थप १२१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ८७६ जनाले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १४ सय ९४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ३९ हजार ६३४ वटा पिसिआर जाँच गरिएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post