फागुन २७, याङ्वरकफोकस / संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले आज बेलुका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि ओलि शर्मा संग नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्ने भएको छ । भावी सरकारबारे संसदमा रहेका तीनवटै दलसँग औपचारिक छलफल गर्ने निर्णयअनुसार साँझ ५ बजे ओलीसँग छलफल गर्न जसपाका पाँच शिर्ष नेताहरु सामूहिक रुपमा बालुवाटार जान लागेका हुन् ।
जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले पाँच शीर्ष नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईलाई सरकारमा जानेबारे निर्णय गर्ने अधिकार दिएको थियो ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि नयाँ सरकार गठन हुने कि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने भन्ने अन्योलता रहेको बेला संसदमा निर्णायक बनेको जसपाले सबैसँग छलफल गरेर आफ्ना माग सम्बोधन गर्ने पक्षसँग मिलेर सरकार बनाउने निर्णय मंगलबारको संसदीय दलको बैठकले गरेको थियो ।
Discussion about this post