फाल्गुन २७ बिहीवार
काठमाडौ । नेपालमा बिहिवार थप ९७ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार चार सय ८४ जनामा गरीएको परीक्षणको क्रममा ९७ जनामा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७५ हजार ७० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६६ जनाले कोरोना भाइरस जितेका छन् । हालसम्म दुई लाख ७१ हजार एक सय १६ जना कोरोना भाइरस जितेको छ ।
Discussion about this post