फाल्गुन २९ शनिबार
पश्चिम अफगानिस्तानमा भएकाे एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन्।
शुक्रबार हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ। बिस्फोटमा परि महिला, बालबालिका र सुरक्षाकर्मी मृत्यु भएकाे हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादकाले जानकारी दिए।
उनका अनुसार बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको छ। घाइतेमध्य ११ जना अफगानी सुरक्षाबलका कर्मचारी रहेकाे जनाएकाे छ। बिस्फोटबाट दर्जनौं घर र पसलहरुमा क्षति पुगेकाे बताइन्छ।
Discussion about this post