चैत १ आइतबार
दिल पाक्साङ्वा
छथर – तेह्रथुमको छथर शुक्रबारेस्थित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको छथर गाउपालिका समितिले आयोजना गरेको लिम्बुवानी आमसभा सम्पन्न भएको छ ।
“नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सहअस्तित्ववादी दर्शन अगाल्न सक्नुपर्ने बताए । माक्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टहरुले राजनिति गर्दै आएको र जनता सचेत र अधिकार सम्पन्न हुन्छन् भनेर काग्रेस कम्युनिष्टले संघीयताको शिक्षा लुकाएकाे लिङदेनले आरोप लगाए ।”
उक्त लिम्बुवानी आमसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको थियो । सभालाई सम्बोधन गर्ने क्रममा “नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सहअस्तित्ववादी दर्शन अगाल्न सक्नुपर्ने बताए । माक्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टहरुले राजनिति गर्दै आएको र जनता सचेत र अधिकार सम्पन्न हुन्छन् भनेर काग्रेस कम्युनिष्टले संघीयताको शिक्षा लुकाएकाे लिङदेनले आरोप लगाए ।”
सभालाई सम्बोधन गर्ने क्रममा मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ संसद विष्णु तुम्बाहाङफेले देशको संविधान विना अध्ययन राजनैतिक स्वार्थ राखेर निर्माण गरिएको कारण सबै समुदायका अधिकार नसमेटिएको बताइन ।
कार्यक्रमको विशेष अतिथि समेत रहेका तुम्बाहाङ्फेले सबै जातजातिका अधिकार संविधानमा नसमेटिएकोले संविधान जारी भएको असोज ३ गतेलाई आफ्नो पार्टीले संविधान संसोधन गरी सबै नागरिकहरुको अधिकार सुनिश्चित नगरेसम्म कालो दिनको रुपमा मनाउने बताइन ।
कार्यक्रममा र्याली सहित च्याब्रुङ नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो । छथर कमिटिका अध्यक्ष सुक बहादुर साङ्वाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा पार्टीका सचिव तथा एल भी कमाण्डर कार्यवाहक अध्यक्ष राजु राई, अर्थ सचिव विष्णु यक्सो र केन्द्र, जिल्ला साथै स्थानिय नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
Discussion about this post