चैत २, याङ्वरकफोकस / विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ को आरोहण गर्ने बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आइपुगेको छ । आज सोमबार डिफेन्स फोर्सको सैन्य जहाज चढेर सो टोलि नेपाल आएका हुन् ।
बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले आज बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएका थिए ।
राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो । उक्त टोलिले गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका थिए । यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।
बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना नागरिकसहित ३ जना बेलायती नागरिक रहको उक्त टोलीले सगरमाथा आरोहण सहित नेपालको केहि जिल्ला घुम्ने योजना रहेको छ ।
उक्त टोलीको गोरखा चुमनुब्री गाउँपालिका-१ स्थित सामा गाउँका बासिन्दालाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क सहयोग गर्ने कार्यक्रम पनि रहेको छ ।
Discussion about this post