Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

खुवालुङ किराँतको मात्र होइन, देशकै सम्पदा हो´ – दयाहाङ राई अभिनेता

सुमन सहयात्री सुमन सहयात्री
६ चैत्र २०७७, शुक्रबार ००:४८
देश, मुख्य खबर
खुवालुङ किराँतको मात्र होइन, देशकै सम्पदा हो´ – दयाहाङ राई अभिनेता

चैत ५ बिहिबार

काठमाडौँ । खुवालुङलाई फुटाउन खाेजेको भन्दै सरोकारवालाहरू संगठित भएका छन् । किरातीहरूको आस्था जोडिएको खुवालुङलाई राज्यपक्षले केबल ढुंगाको रुपमा मात्रै देखेको भन्दै उनीहरू संगठित भएका हुन् । बिहीबार ललितपुरको चापागाउँ दोबाटोमा भएको खुवालुङ सरोकार समूह घोषणाको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आदिवासी/जनजातिहरूले सदियौँदेखि मान्दै आएका मान्यता, दर्शनहरूलाई निमिट्यान्‍न बनाउने कोशिस गरेको आरोपसमेत लगाए ।

‘म किरात भित्रकै मान्छे हुँ । किरात सभ्यता, दर्शनलाई अंगाल्दै अघि बढेर यहाँ सम्म आइपुगेको हुँ,’ उनले भने, ‘मैले मान्‍ने खुवालुङ मेरो मात्रै होइन, यो देशको पनि हो । राज्य पक्षले आफू भन्दा इतरका मानिसहरूलाई केही पनि नदेख्‍ने, थाहै नपाई उनीहरूको संस्कृति, सम्पदा मास्‍ने वा निमोठ्ने प्रयास गरिरहेको छ ।’

राज्यले कसैको घरलाई गोठ देखिदिने, अरुका आस्थालाई बाधक मान्‍ने वा कसैका सम्पदालाई ढुंगा मात्रै ठानेर विकास निर्माणका लागि हटाउन नहुने उनको तर्क छ । भन्छन्, ‘विकासको एउटै मात्र बाटो त हुँदैन होला । विकासलाई अगाडि बढाउन त्यसभित्रको सभ्यता, दर्शनलाई पनि सँगै लानुपर्छ । त्यसैले विकासलाई एउटा आँखाले मात्रै हेर्नुहुन्‍न । सम्पदा जोगाएर विकास गर्न विकल्प खोज्‍नुपर्छ ।’

दयाहाङ पनि खुवालुङ सरोकार समूहको एक सदस्य हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ मा अरुण, तमोर र दुधकोशीको संगम स्थलमा रहेको खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले कुनै पनि सरकारी निकायबाट फुटाउने योजना नबनेको र नफुटाइने प्रतिबद्दता दिएपनि औपचारिक रुपमा कुनै निर्णय नभएकाले खुवालुङ संरक्षण गर्न खुवालुङ सरोकार समूह गठन भएको छ । बिहीबार सोही समूहले पाँच बुँदे अवधारणा समेत सार्वजनिक गर्‍यो ।

समूहको संयोजकमा राजन मुकारुङ रहेका छन् भने सदस्यहरूमा दयाहाङ लगायत उत्तम सुनुवार, इन्दिरा जिमी याक्खा, चन्द्रवीर तुम्बापो, धनु याक्खा, बच्चु हिमांशु, शोभा सुनुवार, सुनिता थेगिम छन् । साथै आर्थिक संयोजकमा बलिराज खम्बू, कानुनी सल्लाकारमा भीम राई, विदेश समन्वय प्रमुख अमित चाम्लिङ छन् भने सदस्य सचिव राजेश चाम्लिङ रहेका छन् ।

समूहका कानुनी सल्लाहकार भीम राईका अनुसार खुवालुङ बचाउन चर्चापरिचर्चा गर्ने मात्रै नभई कानुनी उपचारमा समेत जानुपर्छ । त्यसका लागि सुरुमा सांस्कृतिक संवैधानिक हक संरक्षण गरिपाउँ भनी सर्वाेच्चमा रिट हाल्न सकिने उनले सुनाए । उनी भन्छन्, ‘पदको दुरुपयोग गरी प्रधानमन्त्रीले खुवालुङ फुटाउने, पशुपतिमा जलहरी चढाउने काम गरे भनेर अख्तियारमा दिन सकिन्छ ।’

संविधान र अन्तराष्ट्रिय कानुनले प्रत्येक नागरिक र समुदायलाई आफ्नो संस्कृतिको अभ्यास गर्ने, सांस्कृतिक स्थलको संरक्षण गर्ने अधिकार दिएको छ । खुवालुङ फुटाएपछि किरातीको संस्कृति मेटिने भएकाले यसलाई जोगाउन यो समूहले खुवालुङको दस्ताबेजीकरण गर्ने र खुवालुङलाई मानव अधिकारसँग जोडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जोगाउन पहल गर्न सक्ने उनले बताए ।

‘मैले खुवालुङको बारेमा अध्ययन गर्दा खुवालुङ त्यो क्षेत्रमा छ र त्यो आदिवासी किरातीको इतिहास, सभ्यता र संस्कृतिको धरोहर हो भन्‍ने कुरा दस्तावेजीकरण भएको पाइनँ । जबसम्म हाम्रो कुरा दस्ताबेजीकरण हुन्न, इन्जिनियरहरूले आफुखुसी परियोजना डिटेल रिपोर्ट पास गरिदिन्छन् । दस्ताबेज भएमा कानुनी पाटोबाट जाँदा यिनै कुराहरूलाई सिरानी राखेर जानुपर्छ,’ उनले भने, ‘गैर आदिवासीले खुवालुङलाई ढुंगा देखेपनि, यो हाम्रो सभ्यता हो, संस्कृति हो । मानव अधिकारको दृष्टिकोणले सांस्कृतिक हकलाई संरक्षण गरी पाउँ भनी राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारको कार्यालयमा निवदेन दिन सक्छौँ ।’

समूहका संयोजक राजन मुकारुङका अनुसार राजन मुकारुङ संयोजक फागुन ८ गते प्रधानमन्त्रीले विराटनगरमा त्रिवेणीको ढुंगा फोरिनेछ भनेर भनेपछि, सकिएदेखि नै सामाजिक सञ्जालमार्फत् प्रचारबाजी भयो । आम समुदायले त्यो गलत हो, आस्थाको धरोहर हो भनेपछि पनि फेरी फागुन १६ गते दमकमा गएर त्यही भाषा दोहोर्‍याएर सांस्कृतिक दमनकारी नीतिमा उत्रिएको सन्देश दिएकोले समूहको आवश्यकता रहेको उनले सुनाए ।

त्यस्तै शेरधन राईले नफुटाउने कुरा गरे पनि त्यसलाई विश्वास गर्ने आधार नभेटिएको उनले बताए । उनले भने, ‘शेरधन राईले तीन अभिव्यक्ति दिएका छन् । सुरुमा उहाँले खुवालुङबारे मलाई थाहा थिएन भन्‍नुभएको थियो । त्यसपछि खुवालुङ फोर्ने योजना रोकिएको छ भन्‍नुभयो । तेस्रो अभिव्यक्तिमा त्यहाँ सरकारी निर्णय भएर योजना सुरु भएको छैन भनेर भनेको छ । त्यो सबै अभिव्यक्ति एक अर्कामा बाझ्छ । त्यसैले हामी होसियार हुनुपर्छ । त्यसैले यो समूह गठन भएको हो ।’

मूर्तिकार एवं समूहका सदस्य धनु याक्खाका अनुसार खुवालुङ जस्तो छ, त्यस्तै रहन दिनुपर्छ । उनले भने, ‘म मूर्तिकार । मैले पाए, त्यो ढुंगालाई कलात्मक स्वरुप दिएर अर्कै बनाइदिन सक्छु । तर त्यसले खुवालुङलाई अन्याय गर्छ । खुवालुङको मौलिक स्वरुप भत्काएर जस्तो बनाए पनि त्यो सुन्दर हुन सक्दैन । खुवालुङको अस्तित्व जस्तो छ, त्यस्तै स्विकार गर्नुपर्छ ।’

खुवालुङलाई मिथ मात्रै सोच्‍न नहुने कवि एवं समूहका सदस्य चन्द्रबीर तुम्बापो सुनाउँछन् । ‘खुवालुङ मिथमात्रै होइन, इतिहास हो । र बाइबल, कुरान, त्रिपिटक, मुन्दुम भन्दा जेठो इतिहास हो,’ उनले प्रश्‍न गर्दै भने, ‘त्यसबाट किरात सभ्यताको सुरुवात भएको छ । त्यो ढुंगालाई स्थानान्तरण गर्दा वा फुटाउने वित्तिकै त्यसको इतिहास समाप्त हुन्छ, सौन्दर्य समाप्त हुन्छ । कुनै समुदायको इतिहास समाप्त हुनु भनेको सबै भन्दा बिडम्बना होइन ? यसमा वर्तमान सरकार किन ‘सिरियस’ देखिँदैन ?’ साभार- ई-कागज डटकम(सुनीता साखकर्मी)

 

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

६ चैत्र २०७७, शुक्रबार ००:४८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

६ चैत्र २०७७, शुक्रबार ००:४८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

६ चैत्र २०७७, शुक्रबार ००:४८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

६ चैत्र २०७७, शुक्रबार ००:४८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

६ चैत्र २०७७, शुक्रबार ००:४८
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

६ चैत्र २०७७, शुक्रबार ००:४८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • iclub.com.ua
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mail Order Marriage Statistics
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.