चैत ५ बिहिबार
आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको अन्तर्राष्ट्रिय समितिमा आदिवासी जनजाति साहित्यकार महासङ्घ कतार समिती गठन भएको छ । बिहिबार एक भेलाको आयोजना गरि बिमल राईको संयोजकत्वमा ११ सदस्यीय समिती चयन गरिएको छ ।
सहसंयोजकमा राजेन्द्र साम्याङ्खाम, सचिवमा रविलाल ताजपुरिया, सहसचिवमा तेज तमु, कोषाध्यक्षमा रेखा राई चयन भएका छन् भने सदस्यहरूमा सुरेसमान रुम्बा तामाङ, सोनाम शेर्पा, शेर बहादुर सुनुवार, श्रीमान जि सि भुजेल, चरन राई र सन्ध्या लिम्बू रहेका छन् ।
हाल महासङ्घकाे प्रथम राष्ट्रिय भेलाकाे तयारी भइरहेकाे छ । राष्ट्रिय भेला यही चैत ७ र ८ गते ललितपुरकाे तिखेदेवलस्थित यलखिम पार्टी प्यालेसमा हुदैछ ।
Discussion about this post