Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

`साहित्यमा आदिवासी सौन्दर्य लेखौं’ भन्ने नाराका साथ आदिवासी जनजाति साहित्यकार महासङ्घको भेला

सुमन सहयात्री सुमन सहयात्री
८ चैत्र २०७७, आईतवार ११:५७
देश, मुख्य खबर
`साहित्यमा आदिवासी सौन्दर्य लेखौं’ भन्ने नाराका साथ आदिवासी जनजाति साहित्यकार महासङ्घको भेला

काठमाडौ । ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं,’ भन्ने नाराका साथ आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला सुरु भएको छ ।

देशभरका विभिन्न ८ वटा राज्य समितिबाट भेलामा सहभागि हुन आएका विभिन्न भाषाका साहित्यकारहरूको उपस्थिति सहितको उक्त भेलालाई सम्बोधन गर्दै कवि तथा गीतकार भूपाल राईले आदिवासी, जनजातिहरुले आफ्ना मुद्धाहरुलाई राजनीतिकरण गर्दै सत्तासम्म पहुँच पुर्‍याउनका लागि सामुहिक रुपमा लाग्नु पर्ने बताए । त्यसैगरी नेपाल लेखक संघका अध्यक्ष समेत रहेका कवि श्रवण मुकारुङले देशभरका आदिवासी, जनजातिको सौन्दर्यशास्त्रलाई सैद्धान्तिकरण गरेर मूलप्रवाहमा ल्याउन महासंघलाई सुझाए ।

नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णिकार, पत्रकार सञ्जु दोङ, अभियन्ता तथा मधेश मामिलाकि अध्येता रिता शाह लगायतले सम्बोधन गरेको भेलामा डा. तारालाल श्रेष्ठले आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता र अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्था सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

भेलामा जनजाति महिलाको अवस्थाबारे बोल्दै अनुसन्धाता कैलाश राईले आधुनिक राज्यको विकाससँगै आदिवासी, जनजाति महिलालाई श्रमिकमा रुपान्तरण गरिएको विचार व्यक्त गरिन् । राज्यले आदिवासी, जनजाति महिलाको जीवन दर्शनलाई उपेक्षा गर्दै एकल जातीय चिन्तन र भाष्य निर्माण गरेको उनले बताइन् । आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजातिको दृष्टिबाट साहित्य लेख्दै नेपाली इतिहास पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । भेलालाई सम्बोधन गर्न पुगेका लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदिवासी साहित्यकार आफैंमा प्रतिरोधको नाम भएको बताए । लोकतन्त्रलाई पुनःपरिभाषित गर्न आदिवासी जनजातिको मौलिक ज्ञान, सीप समाजको मूलधारमा आउनुपर्ने आवश्यकता रहेको वाग्लेले औंल्याए ।

त्यसैगरी साहित्यकार महासंघका संयोजक लेखक राजन मुकारुङले एकल भाषा, चिन्तन, दर्शन र सौन्दर्यबोध निर्माणमा लागिरहेको राज्यसँग प्रतिरोध गर्न महासंघको स्थापना भएको बताए । उनले भने, ‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो । अब त्यसका विरुद्ध नयाँ सौन्दर्य निर्माण गर्ने हो । सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्नका लागि यो महासंघ निर्माण भएको हो ।’ आदिवासी, जनजातिमा विकसित हुँदै गएको राजनीतिक चेतनाले नै महासंघ निर्माण गरेको उनको भनाई थियो ।

आइतबार समाप्त हुने भेलाले घोषणापत्र पनि सार्वजनिक गर्नेछ । यसका साथै देशभरका आदिवासी, जनजातिका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान गर्न प्राज्ञिक परिषद समेत गठन गर्नेछ । साभार नयाँ अनलाइन डटकम

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

८ चैत्र २०७७, आईतवार ११:५७
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

८ चैत्र २०७७, आईतवार ११:५७
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

८ चैत्र २०७७, आईतवार ११:५७
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

८ चैत्र २०७७, आईतवार ११:५७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

८ चैत्र २०७७, आईतवार ११:५७
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

८ चैत्र २०७७, आईतवार ११:५७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.