कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।
साउदी अरबमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमणका कारण हालसम्म २१ देशमा ३ सय ४२ जना नेपालीको मृत्यु भइसकेको समितिले जनाएको छ ।
डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
Discussion about this post