Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार, लेखक महासङ्घ गठन 

सुमन सहयात्री सुमन सहयात्री
८ चैत्र २०७७, आईतवार २३:२९
कला/साहित्य, देश, मुख्य खबर
राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार, लेखक महासङ्घ गठन 

लेखक तथा साहित्यकार राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घको प्रथम केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा आज सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् ।

महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन् । सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्वा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् ।

महासङ्घको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि लामा, डा चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन्।

महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते, शनिबारबाट सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिनको उद्घाटन सत्रमा कवि भूपाल राई, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, नागरिक अभियन्ता नारायण वाग्ले, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्बोधन गरेका थिए ।

आदिवासी जनजाति महिलाको अवस्थाबारे कैलाश राईको मन्तव्यबाट सुरु भएको राष्ट्रिय भेलालाई नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णीकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाहले पनि सम्बोधन गरेका थिए ।

भेलाको पहिलो दिन डा.तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ शिर्षकमा र डा.अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्थासम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

भेलाको दोस्रो दिन चैत्र ८ गते आइतबार महासङ्घको केन्द्रीय कार्यसमिति गठन भएसँगै महासंघको ७ बुँदे घोषणापत्र पनि जारी भएको छ । आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरु सुनुवाई नभएको ठहर गर्दै महासंघले आफ्नो घोषणापत्र जारी गरेको हो ।

संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएता पनि व्यवहारतः लागु नभएको ठहर गर्दै विविधतासहितको नेपाली सौन्दर्यशास्त्रको निर्माण गर्न आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरुलाई मिहिन ढङ्गले बुझ्ने, बहस तथा अभिलेखीकरण गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

महासंघले आदिवासी जनजाति समुदायका भाषाहरुलाई जोडदार रुपमा लेखक तथा तिनका मौखिक साहित्यसमेतलाई दस्तावेजीकरण गर्न गराउन सम्बन्धित जाति समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर रहि विश्वभर भएका भइरहेका आदिवासी जनजाति अभियानहरुसित घनिभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने घोषणा गरेको छ।

प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिँदै सबै आदिवासी जनजाति, मातृभाषबिच साझा सम्बन्ध विकास गर्नको लागि साझा लेखनपद्धति निर्माण गर्ने घोषणा पनि महासंघले गरेको छ।

आजै आदिवासी जनजाति साहित्यकाररलेखक महासंघको प्राज्ञिक परिषद पनि गठन भएको छ। प्राज्ञिक परिषदमा कैलाश राई, मुनराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ्ग सुशान्त, लालबहादुर भुजेल, डा। सोमबहादुर धिमाल, डा. लाल रापचा, डा। कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ चयन भएका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष राजन मुकारुङले नेपालका आदिवासी जनजातिहरुको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको र यसमा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हावी भएकाले यी दुवै प्रवृत्तिहरुका विरुद्ध एकसाथ लड्नुपर्ने बताए ।
नेपालको सवालमा आदिवासी जनजातिहरुको सौन्दर्यशास्त्रको निर्माण गरेर त्यसलाई हरेक राजनीतिक पार्टीहरुका स्कूल विभाग र प्राज्ञिक क्षेत्रमा बहस गराउँदै त्यसलाई पाठ्यक्रममा रुपमा विकास गराउनु महासंघको मुख्य लक्ष्य हुने उनले बताए ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

८ चैत्र २०७७, आईतवार २३:२९
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

८ चैत्र २०७७, आईतवार २३:२९
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

८ चैत्र २०७७, आईतवार २३:२९
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

८ चैत्र २०७७, आईतवार २३:२९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

८ चैत्र २०७७, आईतवार २३:२९
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

८ चैत्र २०७७, आईतवार २३:२९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • ! Без рубрики
  • 1
  • 1daycasino777.org
  • activeslots555.org
  • activeslots777.org
  • After First Date Rules
  • Are Mail Order Spouse Illegal
  • asfa
  • asiasloty.org
  • automaty777.org
  • automaty999.org
  • Best Countries To Meet A Wife
  • Best Mail Order Brides Websites
  • Best Online Dating Sites For Marriage
  • Bitcoin News
  • blog
  • body-vitamin.com.ua
  • Bookkeeping
  • casinoluxth.org
  • Dating A Ukrainian Woman Tips
  • Dating Foreign Women
  • Education
  • Falling In Love With Someone Online From Another Country
  • Fin Tech
  • Forex Trading
  • freze.com.ua
  • from-ua.com
  • Game Emulator Roms For Android
  • gameinside.ua
  • How Much Is A Mail Order Bride
  • How To Meet Women Online
  • inex.com.ua
  • Interesting Facts About Ukrainian Culture
  • IT Вакансії
  • IT Образование
  • jomasport.com.ua
  • karabasmedia
  • kievtime.com
  • kotelteplo.com.ua
  • krippa
  • Latinas For Marriage
  • lgr.org.ua
  • lmmp.com.ua
  • mail order bride
  • Mailorder Brides Cost
  • max-krippa
  • onlinethailand.org
  • Russian Women Dating
  • Russian Women Looking For Marriage
  • slots777th.org
  • slotyth.org
  • Sober living
  • Software development
  • Standards And Expectations In Relationships
  • Ukrainische Frauen Kennen
  • Uncategorized
  • uzhgorodka.uz.ua
  • veda.net.ua
  • Video
  • Why Are Asian Girls So Attractive
  • Why Are Second Marriages So Hard
  • Новости Криптовалют
  • Новости Экономики
  • Форекс обучение
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.