चैत ११ बुधबार
आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, मलेसियाको तदर्थ समिति गठन गरिएको छ । उदय पुर्बेली चोङ्बाङ्क्याकको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिती गठन गरिएको हो ।
समितिको सहसंयोजकमा जनम लिङ्दम र महासचिवमा सुमन मगर चयन भएका छन्, भने सदस्यहरूमा भेषराज आङ्देम्बे लिम्बू, लोकेन्द्र देवान ‘असीम ‘, मोहन माबोहाङ, रविन मगर, सन्त आङ्देम्बे, मोहन सेर्मा लिम्बू , रोमी राई शेर्पा र राजेन हाङ्सरुम्बा रहेका छन् ।
महासङ्घको गत चैत ७/८ गते प्रथम राष्ट्रिय भेला ललितपुरमा सम्पन्न भएको थियो । महासङ्घले ७ बुदे घोषणा पत्र सहित केन्द्रिय कार्यसमिति चयन गरेको थियो ।
Discussion about this post