Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मुसाहाङ् अम्याङ्साको हाइकु संग्रह “मुक्तु”को विमोचन सम्पन्न

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१२ चैत्र २०७७, बिहीबार २०:११
कला/साहित्य, मुख्य खबर
मुसाहाङ् अम्याङ्साको हाइकु संग्रह “मुक्तु”को विमोचन सम्पन्न

चैत १२, याङ्वरकफोकस / लेखक तथा सञ्चारकर्मी मुसाहाङ् अम्याङ्साको लिम्बु भाषाबाट प्रकाशित पहिलो हाइकु कृति संग्रह “मुक्तु”को विमोचन सम्पन्न भएको छ । आज (बिहिवार) झापा दमकस्थित एस.जी. होटलको सभाहलमा याक्थुङ् साहित्यकार पुष्पहाङ् लोरिङ्देन लोवाको प्रमुख आतिथ्यतामा संग्रहको विमोचन भएको हो ।

कार्यक्रममा साहित्यकार लोवाले “मुक्तु” हाइकु संग्रह याक्थुङ् (लिम्बू) भाषामा प्रकाशन भएको पहिलो कृति भएको र उक्त कृति भित्र रहेका सिद्धान्तनत् हाइकु जापानी परम्परागत काव्य साहित्यबाट फैलिएको तीन हरफको छोटो, मिठो, कसिलो र रसिलो कविता संरचनाबद्वताको १७ अक्षरीय रुपमा ५ ७ ५ वर्णका शब्दहरुको मात्रा मिलाएर पूर्ण अभिव्यक्ति दिने स्वतन्त्र विधाको रुप रहेको बताए । उनले भने, ‘नेपाली नयाँ पुस्ताका कविहरुले वि.संं २०१९ सालमा जापानी साहित्यको स्वाद लिई लेख्न सुरु गरेको इतिहास छ तर लिम्बु भाषाबाट भने केही पत्रपत्रिकामा मात्रै प्रकाशित हुँदै आएको थियो । वि.सं. २०६२/०६३ सालदेखि नेपाली तथा लिम्बु साहित्यमा कलम चलाउन थालेका अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । कृति भित्र किरात सिरिजङ्गा लिपीबाट २५५ वटा हाइकुहरु समावेश छन् ।

लेखक अम्याङ्साको संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बु बंशावली दस्तावेज २०७४ लगायत विगतमा लिम्बु र नेपाली साहित्यमा हाइकु, तांका, रुवाई, गजल फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् । अम्याङ्सा लिम्बू/नेपाली भाषाबाट प्रकाशित हुने नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक समेत हुन् ।

कार्यक्रममा लेखक अम्याङ्साले केही हाइकुहरु समेत वाचन गरेका थिए ।

याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रमलाई प्रतिष्ठानका महासचिव सेसेहाङ् फियाकले संचालन गरेका थिए ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१२ चैत्र २०७७, बिहीबार २०:११
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१२ चैत्र २०७७, बिहीबार २०:११
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१२ चैत्र २०७७, बिहीबार २०:११
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१२ चैत्र २०७७, बिहीबार २०:११
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१२ चैत्र २०७७, बिहीबार २०:११
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१२ चैत्र २०७७, बिहीबार २०:११

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.