Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

साउदीबाट करार अवधि पुरा नगरी स्वदेश फर्कंदा जरिवाना तिर्नुपर्ने

सुमन सहयात्री सुमन सहयात्री
१३ चैत्र २०७७, शुक्रबार १२:३८
मुख्य खबर, विदेश
कतारमा कोरोना भाइरस फैलिन नदिन कडा नियम लागू: नियम उल्लंघन गरे २ लाख रियल जरिवाना हुने

साउदी अरबले करार अवधि पूरा नगरी स्वेच्छाले स्वदेश फर्कन चाहे श्रमिकले जरिवाना तिर्नुपर्ने नयाँ व्यवस्था ल्याएको छ । त्यसरी फर्कनुपरे श्रमिकले रोजगारदातालाई रकम तिर्नुपर्नेछ ।

साउदी सरकारले मार्च १४ बाट दुईवर्षे करार अवधि समाप्त भएपछि रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन बहिर्गमन भिसा (एक्जिट परमिट) नचाहिने भन्दै नयाँ श्रम सुधारको घोषणा गरेको थियो ।
करार अवधि समाप्त नहुँदै स्वदेश फिर्ने प्रक्रियालाई साउदीले ‘कसुर’ मानेको छ । ‘रोजगारदातासँगको करार अवधि बाँकी हुँदै साउदी अरब छोड्ने गरी एक्जिट भिसा लिइएका कामदारले करार उल्लंघन गरेको कसुरबापत जरिवाना तिर्नुपर्नेछ,’ रियादस्थित नेपाली दूतावासबाट जारी सूचनामा भनिएको छ । जरिवाना रकम भने खुलाइएको छैन ।

करार अवधि पूरा गरेर व्यक्तिगत तवरबाट स्वदेश फिर्न बहिर्गमन भिसाका लागि लाग्ने शुल्क पनि कामदार स्वयंले व्यहोर्नुपर्ने नीति छ । दूतावासका अनुसार रोजगारदातासँग गरेको करारपत्रको प्रति आधिकारिक निकायबाट प्रमाणीकरण गरी आफ्नो साथमा भएका कामदारले मात्रै साउदी सरकारद्वारा तोकिएको प्रक्रिया (एब्सर) मार्फत स्वदेश फिर्ने बाटो खुल्नेछ । ‘यसरी प्राप्त हुने बहिर्गमन भिसा रोजगारदाताले रद्द गर्ने अधिकार हुनेछैन,’ दूतावासले भनेको छ ।

साउदी गएका कामदारले आफूखुसी कम्पनी परिवर्तन गर्न भने कम्तीमा एक वर्ष पुरानो कम्पनीमा काम गरेको हुनुपर्नेछ । यो नयाँ भिसामा गएका कामदारको हकमा मात्रै लागू हुन्छ । साउदी अरब प्रवेश गरेको दिनदेखि तीन महिनासम्म रोजगारदाताले करार सम्झौता नगरे, लगातार तीन महिनासम्म पारिश्रमिक नपाए, रोजगारदाताको मृत्यु भए, कैद वा लामो समय यात्रामा रहे वा रोजगारदाता सम्पर्कमा नरहे, कामदारको परिचयपत्रको अवधि समाप्त भई नवीकरण नभए, कानुनी निकायमा उजुरी मुद्दा परेका बेला दुईवटा सुनुवाइमा रोजगारदाता वा निजको प्रतिनिधि उपस्थित नभए रोजगारदाता परिवर्तन गर्न सकिनेछ ।

साउदीमा कार्यरत धरम केसीका अनुसार पछिल्लो श्रम सुधारले रोजगारदाता र कामदार दुवै पक्षलाई जिम्मेवार बनाएको बताए । ‘यहाँ एक जना कामदारको भिसा नवीकरण गर्न सरदर १० हजार रियाल (झन्डै ३ लाख रुपैयाँ) लाग्छ । त्यसरी भिसा नवीकरण भइसकेपछि काम नगर्दा कम्पनीलाई क्षति हुन्छ । यो कम्पनीको पक्षमा नीति छ । तर कम्पनीले पनि करार अवधिभित्र निष्कासन गर्न पाइने छैन,’ उनले भने, ‘नयाँ नीतिले कामदार बिचल्लीमा पर्ने, गैरकानुनी हैसियतमा बस्ने र सक्कली करारपत्रबिनै काम गराउने प्रवृत्तिलाई निरुत्साहित गरेको देखिन्छ ।’

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले नयाँ नीतिको प्रभावकारी कार्यान्वयन हुनेमा आशावादी रहेको बताए । ‘श्रम सुधार आफैंमा सकारात्मक छ । जति आएको छ, त्यसलाई हामीले सकारात्मक हिसाबले लिएको छौं,’ उनले भने । नयाँ नीति घरेलु कामदार, घरायसी सुरक्षा गार्ड, बगैंचे, पशु गोठाला, निजी चालक, फार्ममा काम गर्नेको हकमा लागू भएको छैन । ईकान्तिपुर

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

१३ चैत्र २०७७, शुक्रबार १२:३८
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१३ चैत्र २०७७, शुक्रबार १२:३८
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१३ चैत्र २०७७, शुक्रबार १२:३८
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१३ चैत्र २०७७, शुक्रबार १२:३८
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

१३ चैत्र २०७७, शुक्रबार १२:३८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१३ चैत्र २०७७, शुक्रबार १२:३८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.