पाँचथर । याङवरक ४ स्थित बारीमा सल्काएको आगो अन्यन्त्रीत भइ जंगलमा पसेको छ । सोमबार अपरान्ह ४:३० बजेतिर बारीमा झ्यास र स्याउलाहरू सल्काउने क्रममा आगो लागिभएको हो ।
स्थानीय हर्क तावाका अनुसार याङवरक ४ स्थित सन्सारी भिरमा आगो लागेको हो । बारीमा लगाएको आगो नियन्त्रण भन्दा बाहिर गएकाले तत्काल आगो नियन्त्रणमा नआएको बताए तर आगो नियन्त्रण गर्नको लागि गाउलेहरू लागिपरेका छन् भने आगो लागिबाट अहिलेसम्म कुनै पनि जनधनको क्षति नभएको बताएका छन् । तस्बिर हर्क तावा
Discussion about this post