नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेकपा (मोओवादी केन्द्र) प्रदेश सभा संसदीय दल प्रदेश-१ ले टंक आङबुहाङलाई २४ घण्टे स्पस्टीकरण सोधको छ । नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक झलकबहादुर मगरले मंगलबार आङबुहाङलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेका छन् ।
पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो ।
‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१(१) ३२(२)ख को प्रतिकुल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्य समेतबाट पदमुक्त किन नगर्ने ?’
तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । हाल एमालेको केन्द्रीय सदस्य उनलाई शुक्रबार मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री बनाएका छन् ।
२४ घण्टा भित्र जवाफ पेस नगरे पदमुक्त गर्ने र प्रदेशसभा सचिवालयलाई जानकारी दिइने माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
स्पष्टीकरण सोधिएको पत्र
Discussion about this post