समुन्द्र झैं बग्छ जीवन खै कसरी पार हुन्छ
जीत भन्दा नि धेरै यहाँ दफा दफा हार हुन्छ
फुटेपछि झरि जाने प्रकृतिको नियम रहेछ
झरिजादा पीडासंगै छियाछिया दरार हुन्छ
समयले कोल्टे फेर्दा दोबाटोमा अल्मलिंदा
एकैछिन त शान्ति अघि घरीघरी वार हुन्छ
कहिले हिउँ कहिले आगो हुरुरु बलि रहने
आगोबिना जल्छ र त जिन्दगानी छार हुन्छ
कक्षबिना लक्ष्य चुम्ने बाटोसम्म थाहा नभए
उकाली र ओरालीमा हिड्दा खेरि बार हुन्छ
छथर गाउपालिका वडा नं.-२, तेह्रथुम
[email protected]
Discussion about this post