पाँचथर – यमुनादेवी बैजनाथ भट्टराई स्मृति साहित्यिक पुरस्कारबाट नाट्यकर्मी तथा चलचित्रकर्मी सागर केरुङ पुरस्कृत भएका छन।
शुक्रबार पाँचथर सदरमुकाम फिदिमस्थित यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।
सागर केरुङको साहित्यिक यात्रा माथि साहित्यकार प्रेम ओझाले प्रकाश पारेका थिए । पुरस्कारको राशी सम्मान–पत्र सहित पाँच हजार रुपैंयाँ रहेको छ । पुरस्कृत स्रष्टालाई साहित्यकार नरेन्द्रराज केरुहङले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
केरुङ्ले नुमाहाङमा – २०६६,केमाबा लाजे? – २०६७,पासीभञ्ज्याङ – २०७०,दोश्रो नागरिक – २०७१,सैमुन्द्री – २०७२,साक्थिम् – २०७३,सक्सानु पेन्युक – २०७५,तियाहा – २०७७ लगायत चर्चित कृतिहरु लेख्नुभएको छ । लिम्बू कथानक चलचित्र (के),लिम्बू कथानक चलचित्र (हेत्लुक्वा),लिम्बू कथानक चलचित्र (साम्),लिम्बू चलचित्र (तुम्याहाङ),लिम्बू कथानक चलचित्र (अम्लारीफुङ),लिम्बू कथानक चलचित्र (थेत्लङ),लिम्बू कथानक चलचित्र (थिम्),नेपाली कथानक चलचित्र (रित),नेपाली कथानक चलचित्र (जीवन), लिम्बू कथानक चलचित्र (लोजिमा),लिम्बू चलचित्र (पुङ्साम),गुरुङ चलचित्र (तोने)लिम्बू कथानक चलचित्र (फुङ्वामा),थारु चलचित्र पायल जस्ता चलचित्रहरुमा समेत लेखन/निर्देशन/निर्माणमा संलग्न छन भने सयौं गीतहरु,सयौं म्युजिक भिडियोहरु पनि निर्माण तथा निर्देशन गरेका छन ।
Discussion about this post