नेत्र कोइराला
चैत २०, याङ्वरकफोकस / पाँचथरको याङ्वरक गाउँपालिका-५ मा ३७ घरधुरीमा फुसको छानो हटाई टिन लगाउने भएको छ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाले फुसको छाना हटाई टिनको छाना लगाउने भएको हो ।
पालिकाले एक घरधुरी बराबर ५० हजार उपलब्ध गराउने पालिका अध्यक्ष लेखनाथ घिमिरेले बताए । अध्यक्ष घिमिरेको अनुसार पहिलो किस्तामा ३० हजार र बाकी रकम सम्पन्न भएपछि उपलब्ध हुने भएको छ । यदि उक्त कार्यमा दिएको रकम हिनामिना भएमा सरकारी एैन बमोजिम असुल गरिने समेत घिमिरे जानकारी दिए ।
याङ्वरक गाउँपालिका भरिका फुसको छाना हटाउने अभियान अनुसार ४९६ घरधुरीलाई टिन दिने कार्यक्रम रहेको छ ।
जनताको असुरक्षित बसोबासलाई सुरक्षित बनाउने, गरिब तथा दुखी जनताको जिवनस्तर उकास्ने उदेश्यका साथ यो कार्यक्रम राखिएको बताइएको छ । याङ्वरक गाउँपालिका को सम्पूर्ण वडामा यस कार्यक्रम तिव्र रहेको अध्यक्ष घिमिरेले बताए ।
Discussion about this post