चैत २१, याङ्वरकफोकस / पान्थर जिल्ला याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान महिला मञ्च, नेपालको पहिलो अधिवेशन सम्पन्न भएको छ । पुर्व अध्यक्ष दिलकुमारी इम्बुङ्को अध्यक्षतामा आज (शनिबार) थर्पु मा.विको सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।
अधिबेशनमा केन्द्रिय लिम्बुवान महिला अध्यक्ष इन्दिरा मेयाङ्बो, उपाध्यक्ष सुनिता केरुङ, ताप्लेजुङ जिल्ला सदस्य रिता मादेन, पान्थर जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, पान्थर जिल्ला सदस्य मचिन्द्र थङ्जम्बा, कर्ण काम्बाङ, याङ्वरक अध्यक्ष अस्मिन इधिङ्गो, उपाध्यक्ष दिलकुमार लक्सम, पोलिस्टार तावा, खड्कप्रसाद लक्सम, वरिष्ठ उपाध्यक्ष चन्द्र कुमार माङ्मु लगायत नेता कार्यकर्ता र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
अधिबेशन बाट युवा नेत्री पुजा शिगु अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु बेघा, राजकुमारी लावती, कल्पना केरुङ, सचीवमा सुनिता माबो, सहसचिवमा सुनिता माङ्मु, कोषाध्यक्षमा इन्दिरा खेवाङ, सहकोषाध्यक्षमा करुणा केरुङ माबो चयन भएका छन् । साथै सदस्यहरु मा प्रतीक्षा बेघा, टीका ताम्लिङ, धनमाया आङ्बो योङ्हाङ, आशा इम्बुङ र सरिता लिम्बु देवाली चयन भएका छन् । सल्लाहकारमा दिलकुमारी लक्सम रहेका छन् ।
उक्त अधिबेशनमा अन्य विभिन्न पार्टी परित्याग गरि मञ्चमा प्रवेश गरेका छन् । मञ्च प्रवेश गर्नेमा माइतीमाया माबो, लक्षी माया माबो, सुनिता माबो, टिका ताम्लिङ बेघा, सुनिता माङ्मु, आशा इम्बुङ, इन्चा लक्सम, सुखमाया खेवाङ, लिलामाया शिगु, सरिता लिङ्देन लक्सम, जमुना योङ्हाङ इम्बुङ, प्रतीक्षा बेघा, बुद्धिमाया लक्सम र सावित्रा इम्बुङ रहेका छन् ।
Discussion about this post