लेखक तथा अनुवादक खगेन्द्र संगौला सम्मानित हुने भएका छन् । पहिचान पुरस्कार कोषले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ‘पहिचान सम्मान’ गर्न लागेको हो ।
कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्याएकाले संग्रौलालाई सम्मान गर्न लागिएको कोषले जनाएको छ ।
२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्याउने लेखकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।
साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित याे संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएकाे छ ।यसअघि चारवटा पुस्तकका लेखकहरूलाई काेषले पुरस्कृत गरिसकेकाे छ । लेखक संग्राैलाले पाउन लागेकाे चाहिँ सम्मान हो ।
Discussion about this post