बैशाख २०, याङ्वरकफोकस / पाँचथर जिल्ला याङवरक गाँउपालिका-१ नाम्रेकमा आठ जना कोरोना संक्रमित भेटिएका छन् । चार पुरुष र चार महिला गरि आठ जनामा आज (सोमबार) कोरोना देखिएको हो ।
पाँचदिन अघि झापाबाट नाम्रेक आएका ११ जनाको एन्टिजेन परिक्षण गर्दा आठ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । उनिहरु नाम्रेकमा चौरासी पुजाको कार्यक्रममा सहभागि हुन आएका थिए ।
उनिहरु अहिले स्थानीयकै घरमा रहेको र क्वारेन्टिनमा राख्ने विषयमा छलफल भइरहेको गाँउपालिका अध्यक्ष लेखनाथ घिमिरेले जनाए ।
Discussion about this post