बैशाख २१, याङ्वरकफोकस / नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गरेकी हुन् ।
जारी गरिएको अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि अध्यादेश संशोधन गर्ने, संवैधानिक परिषद् अध्यादेश संशोधन गर्ने, सामाजिक सुरक्षा अध्यादेश संशोधन, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश संशोधन गर्ने र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) रहेका छन् ।
Discussion about this post