वैशाख-२६, डेस्क । पाँचथरमा जन्मिई हाल दशक यता बेलायतमा पल्टने जीवन बिताईरहेकी गायिका पारु राई पुन: आफ्नो दोस्रो सांगितीक कोशेलीका साथ दर्शक/स्रोता सामु आएकी छिन् । एक दशक अघि “प्यास”नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलको सोलो गीत लिएर दर्शक सामु पुनः आएकी हुन् ।
गीतको शब्द रचना गायीका स्वयमको हो भने संगीत बरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । राईलाई यसपटक भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले पनि साथ दिएका छन् । युके र नेपालको बिभिन्न सुन्दर रमणीय ठाउँमा छायांकन गरिएको यस गीतलाई युकेतर्फ कुशल श्रेष्ठ र नेपालतर्फ सुरज तामांगले निर्देशन गरेका छन् । करिब डेड दशकयता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियान्ता मण्डल थेबे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् ।
नेपाल छदैं संगीतको आधारभुत शिक्षा लिईसकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तरगत क्लासिकल पियानो सम्बन्धी कक्षा लिई रहेकी छिन् ।
भिडियो हेर्नुहोस्
Discussion about this post