वैशाख २८ मंगलबार
पाँचथरको पर्यटकिय स्थल साङगाङमा पदमार्गको काम सम्पन्न भएको छ । याङवरक गाउँ पालिका १ र २ मा रहेकाे पर्यटकीय स्थल “साङगाङ परियाेजना” अन्तर्गत पोखरी मर्मत र पदमार्गकाे काम सम्पन्न भएकाे छ ।
लिम्बू जाती अन्तर्गत ‘बेघा’ वंशको सामाजिक संस्था “इक्साहाङ इक्मिसो बेघा थोबोजुम” काठमाडौंको दृष्टिकोण र अवधारणा अनुरुप याङवरक १ र २ साबिक तिमतिम्बू पाँचथर स्थित साङगाङ परियोजना संचालनमा रहेको छ । यस परियोजनाको गुरु योजना अन्तरगत साङगाङ पोखरीको मर्मत सम्भार र सङ्ग्रालय भवन, किराँत माङ्हिम तथा पर्यटन आवास गृह निर्माण स्थलको घडेरी सम्याउने कार्य पनि हालै सम्पन्न गरिएको छ ।
उक्त पोखरी दृश्यावलोकन गर्न सहज हुनेगरी ८ फिट चौडाइको पदमार्गको ट्र्याक खोल्ने र ढुंगाको सोलिङ बिच्छ्याउने कार्य सम्पन्न गरिएको र भ्यु टावर निर्माण स्थल, चोत्लुङ, मुक्कुमलुङ(पाथिभरा)सम्म जोडिने, आवत जावत सहज हुने गरि पदमार्ग निर्माण कार्य जारी रहेको बताइएको छ ।
हालै सम्पन्न परियोजनाको योजनाहरु र निर्माण भईरहेको कार्यको अनुगमन र अवलोकन जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरु, वुद्धिजिवी समाज सेवी, जग्गादाताहरु र सरोकारवालाहरुबाट अनुगमन गरिएको स्थानिय अर्जुन बेघाले बताएका छन ।
उक्त अवसरमा जिल्ला समन्वय समिति पाँचथरका सदस्य नर बहादुर गुरुङ र याङवरक २ का वडा अध्यक्ष देउ कुमार याेङहाङ बाट आगामी आर्थिक बर्षहरुमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएकाे बेघाले याङवरक फोकसलाई बताएका छन् ।
Discussion about this post