Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवस मनाइयो

सुमन सहयात्री सुमन सहयात्री
२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
देश, मुख्य खबर
विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवस मनाइयो

आज विश्व प्रेस काउन्सिलको ३२ औँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा विश्व प्रेस काउन्सिलले भर्चुअल बैठक आयोजना गरेको थियो । अध्यक्ष डा.सुले अकर (Turkish Cypriot Press Council)को अध्यक्षतामा भएको बैठकमा प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई स्वागत गरेको छ ।

बैठकमा स्थापना दिवसको अवसरमा शुभकामना दिँदै नवनियुक्त अध्यक्ष बस्नेतले प्रेस स्वतन्त्रता, सार्वजनिक सूचना र मानवअधिकारको विषयमा जिम्मेवार भएर सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले विश्व प्रेस काउन्सिलसँग सहकार्य र समन्वय गरी कार्य गर्न पाउँदा गौरवान्वित महसुस गर्ने भन्दै आफ्नो पत्रकारिता र कानुनी क्षेत्रको अनुभवलाई यसक्षेत्रमा सदुपयोग गर्ने बताउनुभयो । उहाँले कोभिड महामारीका बिच पत्रकारिता क्षेत्रमा परेको असरलाई कम गर्न सबैले साझा प्रयास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष Aflatun Amashow (अजरबैजान प्रेस काउन्सिल) र महासचिव किशोर श्रेष्ठ (छापामाध्यम राष्ट्रिय सञ्जाल नेपाल) लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महासचिव श्रेष्ठले भौतिक रूपमा बैठक बस्न नसकेपनि विश्वव्यापी रूपमा पत्रकारितामा देखिएका चुनौती समाधान गर्न काउन्सिल सक्रिय रहने बताउनुभयो । भर्चुअल बैठकबाट पनि विश्व प्रेस काउन्सिलले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेको भन्दै उहाँले बैठकमा सहभागीलाई आभार व्यक्त गर्नुभयो ।

बैठकमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा. अकरले प्रेस स्वतन्त्रता मानवअधिकारसँग समेत जोडिएको हुँदा यसको रक्षार्थ आफूहरू सधैँ क्रियाशील रहने बताउनुभयो । उहाँले जिम्मेवार पत्रकारिताका लागि सदस्य राष्ट्रका काउन्सिलसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा म्यानमार प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त Mayo phant Pyn लाई स्वागत गरिएको थियो ।

विश्व प्रेस काउन्सिलका अन्तर्राष्ट्रिय संयोजक सिके नायक (भारत)ले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष प्रा. डा. Tamar Atabarut (Turkish Press Council)ले धन्यवाद मन्तव्य दिनुभएको थियो । विश्व प्रेस काउन्सिलको स्थापना सन् १९८९ मा भएको हो ।

तस्बिर/समाचार: विपुल पाण्डे, प्रेस काउन्सिल नेपाल

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२८ जेष्ठ २०७८, शुक्रबार २३:१५

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.