पाँचथर – याङवरक गाउँपालिका २ स्थित नुवाखोलामा आएको पहिरो सँगै झरेको ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा याङवरक गाउँपालिका २ लेखेवाका ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको र शरिरमा ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् ।
नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा सोमबार बिहान सवा ७ बजेतिर अचानक माथीबाट पहिरोसँगै आएको ढुंगाले लागेको थियो ।
घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली घटनास्थल गई घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकीमा पठाईएको फलैचा प्रहरी चौकीले जानकारी दिएको छ ।
Discussion about this post