काठमाडौ । डीआईजी अरुणकुमार बिसी नेतृत्वको टोलीले संखुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङ हत्याकाण्डमा एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।
घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बराबद भएपछि स्थानीय लोकबहादुर कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको हो। उनी मानसिक रोगी रहेको खुलेको छ।
प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो। उनी मृतकहरूको आफन्त पनि हुन्।
अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार उनी अन्दाजी २६ वर्षीय हुन्।
रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले उम्लिङ घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको ती प्रहरी अधिकारी बताउँछन्।
घटना सोमबार भएको हो।
घटनामा बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको मृत्यु भएको थियो।
उनीहरूको शव अन्त्येष्टी बुधबार गरिएको छ।
घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी नायव उपरीक्षक ध्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभादेखि प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ।
साभार केन्द्रबिन्दु डटकम
Discussion about this post