काठमाडौ – लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुलीको रहेको छ भने स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू र एरेन्ज मनोज साङ्सोनको रहेको छ उक्त पालामको छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राईले गरेका छन् । निर्देशन हाङ चेम्जोङ्को रहेको छ भने काठमाडौको विभिन्न ठाउँहरूमा छायांकन गरिएको छ ।
उक्त पालाम गीतमा पुस्पाञ्जली तिलिङ मादेन, सीता फोम्बो, रेजिना थेगिम, तुलसा आङ्देम्बे, जानू फोम्बो, मनु थक्लुङ, निरन्ता नेम्बाङ, जेनि आङ्बुहाङ फोम्बो, आशिष निङ्लेकु, पुर्णबहादुर लिम्बू, शिवकुमार सम्बाहाम्फे, डिआर हाङ्सरुम्बा, राजेन्द्र लावती, सुमन लिम्बू, भिम सेनेहाङ र सागर केरुङ लगायतले अभिनय गरेका छन । केही दिनभित्रै सम्पादनपश्चात ‘रिता फोम्बो ठुली युटुब च्यानल’मार्फत सार्वजनिक हुने निर्माता रिता फोम्बोले बताइन् ।
Discussion about this post