Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै, अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी

सुमन सहयात्री सुमन सहयात्री
३१ भाद्र २०७८, बिहीबार २३:०६
विदेश
चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै, अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी

लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङ यूकेको दसौँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि रस्सकाकस्सी पनि सरु भएको छ ।
सेप्टेम्बर १८ शनिबार र १९ आइतबार गरी दुई दिन अल्डरसटमा हुन लागिरहेको महाधिवेशनमा केन्द्रीय समिति र १६ शाखा कार्य समितिबाट करिब ४०० जना बढी प्रतिनिधिहरूले सहभागिता जनाउँदै छन् । यसैबीच, आगामी कार्यकालका लागि अध्यक्ष पदमा पाँच जना आकांक्षीहरूले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । जसअनसार वर्तमान वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपाध्यक्ष नरवीर आङ्वो, उपाध्यक्ष दुर्गा पाङ्माले उम्मेदवारी दिएका छन् । यसैगरी, पूर्व उपाध्यक्ष नर प्रसाद थाम्सुहाङ र ग्रेटर लन्डन सिनियरका पूर्व अध्यक्ष पूर्ण बोखिमले पनि सर्वोच्च पदमा दाबेदारी प्रस्तुत गरेको निर्वाचन समितिका अध्यक्ष चितराज हुक्पा चोङवाङले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, चार उपाध्यक्ष पदका लागि पनि आठ जनाको उम्मेदवारी परेको छ । जसका लागि वर्तमान महासचिव गणेश इजम, पूर्व महासचिव खगेन्द्र लाओती, उपाध्यक्ष छत्र वनेम रहेका छन् । यसैगरी, उपाध्यक्ष पदकै लागि वर्तमान कोषाध्यक्ष धन कुमार काम्वाङ, अमृता पालुङ्वा, विजय लिङ्थेप, यादुचन्द्र लाओती र सन्त कुमार हुक्पा चोङवाङहरू प्रतिस्पर्धा गर्दैछन् ।

यसैगरी, शक्तिशाली पद मानिने महासचिवका लागि त्रिपक्षीय भिडन्त हुँदैछ । जसका लागि वर्तमान सचिव विश्वासदीप तिगेला, पूर्व कोषाध्यक्ष दिल इङ्वारम र रश्मोर शाखाका पूर्व अध्यक्ष जुरेन्द्र खजुमले उम्मेवदवारी दिएका छन् । यस्तै, एक सचिव पदका लागि जनसम्पर्क विभाग प्रमुख तारा प्रसाद कन्दङ्वा र वेस्ट केन्ट शाखाका पूर्व सचिव इन्द्र थक्लुङले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि भने तीन महिला उम्मेदवारहरू खडा भएका छन् । जसका लागि वर्तमान सहसचिव सानु सुब्बा कार्यकाल दोहोर्‍याउने मनसायमा छिन् भने बेलायतको विभिन्न मञ्चमा सक्रिय विमला लिम्बु(लक्सम) र राधा आङ्देम्बे खजुम पनि प्रतिस्पर्धामा उत्रने भएका छन् ।

कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध
यसैगरी, सेप्टेम्बर १४ भित्र उम्मेदवारी दर्ता गराएका मध्ये कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा केही उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । दोहोरो उम्मेदवारी नपरेपछि कोषाध्यक्ष पदमा दिपेन्द्र यक्सो र दुई सहकोषाध्यक्ष पदहरुमा जीवन प्यारा मादेन र नर प्रसाद सवेन्हाम लिम्बु निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।

कियाचु यूकेको दसौँ कार्य समितिका लागि सेप्टेम्बर १९ मा बिहान साढे ११ बजेदेखि अपरान्ह साढे ३ बजेसम्म मतदानका लागि मतदान केन्द्र खोलिने निर्वाचन समितिले सूचना जारी गरेको छ ।
यद्यपि सर्वसम्मत रूपमा कार्य समिति चयन गर्न भने केन्द्रीय समितिले प्रयास गरिरहेको कियाचु यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले सिलौटी टाइम्सलाई बताए । उनले सहमतीय प्रणालीमार्फत् नेतृत्व चुन्न सक्दो पहल गर्ने समेत उनले बताए । महाधिवेशनलाई नेपालबाट किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष योगराज वनेमले भर्चुअल विधिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव गणेश इजमले बताए ।

कियाचु यूकेको स्थापना सन् २००३ मा भएको थियो । सिलौटी टाइम्स

सम्बन्धित खबरहरु

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

३१ भाद्र २०७८, बिहीबार २३:०६
पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

३१ भाद्र २०७८, बिहीबार २३:०६
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

३१ भाद्र २०७८, बिहीबार २३:०६
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

३१ भाद्र २०७८, बिहीबार २३:०६
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

३१ भाद्र २०७८, बिहीबार २३:०६
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

३१ भाद्र २०७८, बिहीबार २३:०६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.