काठमाडौँ – नेपाल मामिला डट कमको सम्पादकमा साहित्यकार एवम् पत्रकार सीता तुम्खेवा नियुक्त भएकी छिन् । एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी तेह्रथुमकी पत्रकार तुम्खेवाले शुक्रबार असोज एक गतेबाट सम्पादकको जिम्मेवारी सम्हालेकी छिन् ।
तुम्खेवा यसअघि नेपाल मामिलाको युट्युब च्यानल सम्पादक रहिसकेकी छिन् । उनी काठमाडौँबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टलकी सम्पादक समेत हन् । उनी साहित्यमा पनि राम्रो छवि बनाएकी कवि हन् । ग्राफिक्स र वेभ पेज डिजाइनमा राम्रो दक्खल राख्ने पत्रकार तुम्खेवा याक्थुङ लेखक संघ, याक्थुङ साक्थिम्मिबा सयङसँग पनि आबद्ध छिन् ।
सम्पादकको जिम्मेवारी सम्हालेपछि आफू उत्साहित भएको प्रतिक्रिया दिँदै सन्तुलित, समावेशी र मौलिक समाचार सामग्रीका लागि आफूले संयोजनकारी भूमिका निर्वाह गर्ने बताइन् । सम्पादक तुम्खेवाको नियुक्तिले नेपाल मामिलाको प्रस्तुति र दायरा अझै फराकिलो बन्ने आफू विश्वस्त रहेको अध्यक्ष इन्द्रहाङ लिङ्देनले जनाए । नेपाल मामिला सिलौटी टाइम्सको एक भगिनी प्रकाशन संस्था हो । सिलौटी टाइम्स
Discussion about this post