काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय पास्टरलाई पक्राउ गरेको छ । भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
उनले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्दै पोखरा र काँकडभिट्टाको बैंक खाता नम्बर दिएका थिए । ती किशोरीले पैसा जम्मा गरेपछि क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएर गएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । अनलाइनखबर
Discussion about this post