Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

मलेसियामा कोरोनाले मृत्यु भएका मगरको परिवारलाई प्रमिश तुम्खेवाको पहलमा आर्थिक सहयोग

सुमन सहयात्री सुमन सहयात्री
१२ आश्विन २०७८, मंगलवार ००:४९
Uncategorized, देश
मलेसियामा कोरोनाले मृत्यु भएका मगरको परिवारलाई प्रमिश तुम्खेवाको पहलमा आर्थिक सहयोग

काठमाडौ । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको प्रदिप मगरको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अवैधानिक रुपमा मलेसिया बस्दै आएका प्रदिपको केहि समयअघि मलेसियामा मृत्यु भएको थियो ।

व्यवसायी प्रमिश सुब्बा तुम्खेवा

मृतकका परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पलहमा संकलन भएको पचहत्तर हजार पाँचसय नगद मृतकका श्रीमती अम्बीका मगरलाई बैँकमार्फत पठाइदिएको प्रमिश तुम्खेवाले बताए । मृतकको एक नाबालक छोरा पनि छन् ।

झापा खुदुनाबारी घर भएका ३३ वर्षीय प्रदिप रोजगारीको शिलशिलामा मलेसियामा रहँदै आएका थिए । मलेसियामै उनलाई कोरोना भाइरसले आक्रमण गर्‍यो । अवैधानिक रुपमा बस्दै आएकाले सुरुमै पिसिआर जाँच गराउन पाएनन् । अस्पतालमा उपचार गर्न मिलेन । उनमा मृत्युपछि मात्रै कोरोना पुष्टी भएको थियो । उनलाई घरमै होम आइसोलेशनमा राखेर औषधीउपचार गरेको प्रमिसले बताए । उनी एक्लै हुन्थे । तर बाँचिन्छ होला नै भन्ने आशा थियो । ‘म निको हुन्छु’ भन्ने गर्थे । तर खाना पुर्‍याउन जाँदा उनी मृत अवस्थामा भेटिए ।

उनीसँगै २ वर्षजति सँगै बसेको कारण उनलाई आफन्तको नजरले हेर्ने गरेको प्रमिश बताउछन् । “ऊ सँगै बसेको, सँगै खाएको साथी, उसको दुःखलाई हेर्न सकिन त्यहि भएर सहयोग गरेँ ।”, उनले भने ।

प्रमिश करिब १० वर्षदेखि मलेसियामा व्यावसाय चलाउदै आइरहेका छन् । मलेसियाको मलाकामा उनको ‘एल्जिना रेस्टुरेन्ट’ छ । प्रदिप त्यहि रेस्टुरेन्टमा काम गर्थे । उनको मृत्युपछि पनि दाहसंस्कारका लागि आवश्यक खर्च सबै उनले नै गरेका थिए । यसअघि पनि उनी उनले धेरैजनालाई सहयोग गर्दै आइरहेका छन् ।

प्रदिप मगरको परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पहलमा सुवास राई (ईलाम), जीवन राई (धरान), सुरेश जिमी (संखुवासभा), ओम थापा (तनहु), चेतन राई (ईलाम), चन्द्रबहादुर (संखुवासभा), विजु (बारा), प्रभु चौधरी (बारा), सुदिप चौधरी (दाङ), रामकुमार बुढा (दाङ), लिला मगर (नवलपरासी), नरेश कुमार महरा (धनुषा), चन्द्र वोहोरा (गुल्मी), देवराज (कापर), मनोज राई (ईलाम), उमेश कँडेल (चितवन), कुलबहादुर राई (धनकुटा), आकाश तामाङ (काभ्रे), राजु गुरुङ (धरान), कविन्द्र लिम्बु (पाँचथर), देवेन्द्र राम (सर्लाही), राजन तुम्बा, प्रकाश कोइराला, राजु शर्मा, आनन्द पुलामी मगर, डोम मगर लगायतले सहयोग गरेका थिए ।

सम्बन्धित खबरहरु

Being a Webcam Version

१२ आश्विन २०७८, मंगलवार ००:४९
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

१२ आश्विन २०७८, मंगलवार ००:४९
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

१२ आश्विन २०७८, मंगलवार ००:४९
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

१२ आश्विन २०७८, मंगलवार ००:४९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

१२ आश्विन २०७८, मंगलवार ००:४९
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

१२ आश्विन २०७८, मंगलवार ००:४९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.