काठमाडौ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङ्लाई ‘जुरी अवार्ड’ प्रदान गरिएको छ ।
बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक भिडियो ‘युप्पारुङ’बाट निर्देशक केरुङ्लाई ‘जुरी अवाडर्’ प्रदान गरिएको हो ।
चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता लिम्बू जबेगु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन भने सञ्जय आचार्यको छायाँकन तथा सम्पादन रहेको छ ।
प्रेम पन्धाकको शब्द तथा संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार समाजका अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन साक्य, गजित विष्ट, अभिनेत्री लक्ष्मी गिरि लगायत कलाकारहरुद्वारा वितरण गरिएको थियो ।
Discussion about this post