महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ घर भएका ३० वर्षीय मुकेश बिक छन् । असोज १४ मा मुकेशले द्वारखोला जंगलमा ५९ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेद प्रसाद गौतमले बताए ।
आरोपीमाथी ईलाका प्रहरी कार्यालय बेल्टारले बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Discussion about this post