पाँचथर । पाँचथरमा अस्पतालको लापरबाहीले तीन बर्षिय बालिकाको मृत्यु भएको छ । फालेलुङ गाँउपालीका-८ घर भई हाल फिदिम-२ मा बस्दै आएकी तीन बर्षिय बालिका कृष्टिना थाम्सुहाङ् को मृत्यु चिकित्सको लापरबाहीका कारण मृत्यु भएको बालिकाको आफन्तले जनाएका छन् । अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएपछि आफन्तहरूले मृत्युको छानबिन गर्न माग गर्दै बिरोध गरेका छन् । यस घटनालाई लिएर दिउसोबाट तनाबग्रस्त बनेको पाँचथर अस्पताल अझै समस्याको सामधान हुन सकेको छैन ।
स्वास्थ्यमा सुधार आईसकेर डिस्चार्ज गर्न लागिएकी बालिकाको इन्जेक्सन लगाउने वित्तिकै मृत्यु भएको आफन्तको भनाई छ ।
समस्या समाधानका लागि अस्पताल र आफन्त विच वार्ता जारी छ । केहि घण्टा अगाडीदेखि भएको वार्ता अहिलेसम्म पनि निस्कर्षमा पुग्न सकेको छैन् । अहिले अस्पताल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।
Discussion about this post