विल्सन विक्रम राई तक्मे बुढाको नयाँ गीत ए सिम्मा सार्वजनिक भएको छ । डल्ले खुर्सानी भाग २ अन्तर्गत् बिहीबार सार्वजनिक भएको ‘ए सिम्मा’को म्युजिक भिडियोमा राईको पूर्ववत् गीतमा जस्तो हास्यव्यंग्यलाई भन्दा वियोगको विषयलाई समेटेका छन् ।
यसअघि दर्जनौं म्युजिक भिडियो एवं टेलिश्रृंखलामा समेत निर्देशन गरिसकेका राईले प्रस्तुत गीतमा एकैछिनमा दर्शक हसाउने र एकैछिनमा दर्शक रुहाउने खालको विषयवस्तु समेटेका छन् । यस गीतको म्युजिक भिडियोमा राई, रजनी गुरुङ, विशाल लिम्बु र भीषण मुकारुङले अभिनय गरेका छन् ।
ए सिम्मामार्फत् हास्यव्यंग्यबाहेकको विधामा पहिलो पाइला अघि बढाएको राई बताउँछन् । उनले दर्शकलाई सधैं हास्यव्यंग्यमात्रै भन्दा पनि फरक स्वाद पनि दिनुपर्छ भनेर ए सिम्मालाई फरक शैलीमा निर्माण गरेको बताउँछन् ।
ए सिम्मामा भीषण मुकारुङको स्वर छ । संगीत विशेष खालिङले भरेका छन् भने यस गीतको शब्द दुर्लभ जन्तरेको रहेको छ ।
https://youtu.be/iQjvrcJ3jao
Discussion about this post