Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

‘लिम्बु पहिचान’ पुस्तक सार्वजनिक

सुमन सहयात्री सुमन सहयात्री
२४ आश्विन २०७८, आईतवार २०:५९
कला/साहित्य, देश, सांस्कृतिक
‘लिम्बु पहिचान’ पुस्तक सार्वजनिक

काठमाडौँ — ‘लिम्बु पहिचान : मौलिक याक्थुङ पहिचानको खोजी’ पुस्तक सार्वजनिक भएको छ । १२औं राष्ट्रिय जनगणनाको प्रश्नावलीमा समेटिएका जातीय पहिचानका विषयप्रति समुदायमा हुने गरेको अन्योललाई स्पष्ट पार्ने सामग्रीसहित पुस्तक प्रकाशनमा ल्याइएको जनाइएको छ ।

मुन्धुम एकेडेमीले प्रकाशन गरेको पुस्तकमा १५ जना लेखकका लिम्बु (याक्थुङ) जाति र समग्र किरातबारे विविध पक्षमा लेखहरू समेटिएका छन् । उक्त पुस्तक डीबी आङबुङ, टेक लावती र टंक सेलिङले सम्पादन गरेका हुन् ।

आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म देशभरि एकैसाथ राष्ट्रिय जनगणना हुँदैछ । जनगणनाको मुख्य प्रश्नावलीको व्यक्तिगत खण्डमा नाम, थर, लिंग, जात/जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्म समेटिएको छ । आइतबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको पुस्तकमा सम्बन्धित समुदायमाझ हुने दुविधालाई स्पष्ट पार्ने सामग्री रहेको जनाइएको छ ।
जनसंख्याविद् बालकृष्ण माबुहाङ्ले ‘राष्ट्रिय जनगणना र आदिवासी जनजाति याक्थुङ (लिम्बु)को पहिचान’, नन्द कन्दङ्वाले ‘जनगणनाको राजनीति, लिम्बु आदिवासीमा विवाद र समाधानको उपाय’ शीर्षक लेख र केदार धिमालले ‘आदिवासी धिमाल जातिको पहिचान र जनगणना’ आलेख प्रस्तुत गरेका छन् । लिम्बु र धिमाल जातिबीच ऐतिहासिक रूपमा एकै दाजुभाइ थिए भन्ने सांस्कृतिक समानता रहेको पाइन्छ ।

पुस्तकमा समेटिएका आलेखमध्ये अरुना लिम्बुले ‘लिम्बु जातिमा मातृसत्ता, लोक देवीदेवता र धर्म’, भगिराज इङनामले ‘ऐतिहासिक दस्तावेजमा याक्थुङ्, लिम्बु र किरात’ शीर्षकमा लेखेका छन् । डा. चैतन्य सुब्बाले ‘याक्थुङ–लिम्बुहरूको युमा धर्म’, धमेन्द्र नेम्बाङले ‘बहुल रङ्गवादी दृष्टिकोणमा जाति, भाषा, धर्म र संस्कृति’, दिलेन्द्र कुरुम्बाङले ‘मौलिक पहिचानको बहस’, डा. कमल तिगेलाले ‘आदिवासी लिम्बुको जाति, भाषा, धर्म र किरात धर्म’ शीर्षक आलेख रहेका छन् ।

यसैगरी खगेन्द्र माखिमले ‘पुरानो राज्यसत्ताको निरन्तरता कि परिवर्तन’, कृष्णविक्रम नेम्बाङले ‘प्राचीन किरात को हुन् र कुन सभ्यताबाट फैलिएका थिए ?’, लछामी शेर्मा पापोले ‘किरात धर्मको आत्मसमीक्षा’, मधुराज केरुङले ‘सांस्कृतिक पुनर्जागरण अभियान र लिम्बु जातिको जागरण पथ’ विषयमा लेखेका छन् । यसैगरी टंक सेलिङको ‘मौलिक मुन्धुम र धर्ममा वैज्ञानिक अवधारणा’ र टेक लावतीको ‘लिम्बुवानमा विभिन्न धार्मिक पन्थहरूको उद्भव, द्वन्द्व र कारकतत्व’ शीर्षक लेख समेटिएका छन् ।

‘समाजमा एकपक्षीय ढंगले प्रस्तुत हुने बानी परेको छ,’ मुन्धुम एकेडेमीका अध्यक्ष तथा सम्पादक डीबी आङबुङले भने, ‘त्यसैले सबै पक्षलाई बहुपक्षीय ढंग र प्राज्ञिक हिसाबले बुझाउने प्रयत्न स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएका हौं ।’ अनुमानको भरमा कुतर्क गर्नेभन्दा यथार्थ बुझेरमात्र बोल्ने आधारका रूप पुस्तक प्रकाशन गरिएको आङबुङले दाबी गरे । कान्तिपुर ।

सम्बन्धित खबरहरु

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

२४ आश्विन २०७८, आईतवार २०:५९
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

२४ आश्विन २०७८, आईतवार २०:५९
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

२४ आश्विन २०७८, आईतवार २०:५९
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

२४ आश्विन २०७८, आईतवार २०:५९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

२४ आश्विन २०७८, आईतवार २०:५९
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण आज

२४ आश्विन २०७८, आईतवार २०:५९

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.